संसद्मा सेयर कारोबार गर्न नपाइने, कालो चस्मा लगाउन पनि रोक
arthasansar.com · Thu Aug 06 12:03:17 GMT 2026

प्रतिनिधिसभा बैठकका क्रममा सांसदहरूले संसद् हलभित्र बसेर सेयर कारोबार गर्न नपाउने भएका छन् । साथै, तोकिएको ड्रेसकोड पालना गर्नुपर्ने, सांसदको आधिकारिक लोगो अनिवार्य रूपमा लगाउनुपर्ने र चिकित्सकले सिफारिस गरेको अवस्थाबाहेक अन्य चस्मा लगाएर बैठकमा उपस्थित हुन नपाइने व्यवस्था गरिएको छ।
बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसद्को गरिमा, मर्यादा र अनुशासनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्दै सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा सभामुख अर्यालले संसद् बैठकको समयमा मोबाइल तथा ल्यापटपमार्फत सेयर कारोबारलगायत बैठकको गरिमाविपरीत हुने गतिविधि नगर्न सांसदहरूलाई सचेत गराएका थिए। उनले संसद्को मर्यादा कायम राख्न सबै सांसदले निर्धारित पोशाक लगाउने, आधिकारिक लोगो अनिवार्य रूपमा प्रयोग गर्ने र चिकित्सकको सिफारिसबिना कुनै पनि प्रकारको कालो चस्मा प्रयोग नगर्न निर्देशन दिएको श्रोतले बतायो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)