प्रभावित बासिन्दालाई जलविद्युत आयोजनाको सेयर १०० रुपैयाँमै उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्नू : समिति
annapurnapost.com · Thu Aug 06 12:01:10 GMT 2026

काठमाडौं : अर्थ समितिले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय नागरिकहरूलाई १० प्रतिशत सेयर अंकित मूल्यमा नै उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको छ। समितिका सभापति कृष्णहरि अधिकारीका अनुसार आज बसेको समितिको बैठकले जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकहरूले उक्त व्यवस्था बमोजिमको शेयर प्राप्त गर्न नसकेको गुनासो आएपछि सरोकारवाला निकायलाई निर्देशन दिइएको हो।
समितिले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ९ को उपनियम ४ बमोजिम १० प्रतिशत सेयर अंकित मूल्य अर्थात प्रति कित्ता १०० रुपैयाँमा नै स्थानीय बासिन्दालाई उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्न/गराउन अर्थ मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)