‘मार्ग प्रशस्त’ को चर्चापछि मुख्यमन्त्री कार्कीको प्रतिक्रिया- यो हाम्रो घरभित्रको आन्तरिक कुरा हो
nepalnews.com · Thu Aug 06 12:16:37 GMT 2026

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बिहीबार दिउँसो विराटनगर आइपुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरी उनी काठमाडौँबाट विराटनगर फर्किएका हुन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले अध्यक्ष ओलीसँगको भेटलाई ‘पार्टीको आन्तरिक छलफल’ भएको बताए। उनले भने, “अध्यक्ष कमरेडले पार्टी कमिटी र प्रदेश कमिटीलाई पार्टीको निर्णय जानकारी गराउनुभएको छ। बाँकी कुरा अध्यक्षसँगै सोध्नुहोला।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)