क्षेत्राधिकारको स्पष्ट सीमांकन नभए सुरक्षा निकायबीच द्वन्द्व हुनसक्छ : उपनेता अर्याल
baahrakhari.com · Thu Aug 06 12:18:32 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले आन्तरिक शान्ति सुरक्षाको मुख्य जिम्मेवारी नेपाल प्रहरीकै भएको उल्लेख गर्दै कानुन निर्माण गर्दा क्षेत्राधिकारको स्पष्ट सीमांकन हुनुपर्नेमा जोड दिएकी छन् ।
बिहीबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी अर्यालले विद्यमान कानुन र शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप आन्तरिक सुरक्षा कायम गर्ने प्राथमिक दायित्व नेपाल प्रहरीको भएको स्पष्ट पारिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)