आठबीसकोटका मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, डेरी सञ्चालनको नाममा अनुदान दुरुपयोगको आरोप
kendrabindu.com · Thu Aug 06 12:32:47 GMT 2026

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले डेरी सञ्चालनका लागि प्राप्त सरकारी अनुदानको दुरुपयोग भएको निष्कर्ष निकाल्दै बिहीबार अभियोगपत्र दर्ता गरेको हो।
आयोगका अनुसार आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडमार्फत चिस्यान केन्द्र सञ्चालन गर्ने उद्देश्यले उपलब्ध गराइएको अनुदान रकमको दुरुपयोग गरिएको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)