विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष केसीले लिए शपथ
onlinekhabar.com · Thu Aug 06 12:30:45 GMT 2026

२१ साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राडा. खड्ग केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अध्यक्ष केसीलाई शपथ खुवाएका हुन् ।
बुधबारको मन्त्रिपरिषद् बैठकले केसीलाई विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त गरेको थियो । त्यसपछि आज मन्त्रालयमा मन्त्री पोखरेलले शपथ खुवाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)