आरोही युक्ताको शव नेपाल ल्याइयो, विमानस्थलमा भावुक परिवारजन (तस्बिरहरू)
clickmandu.com · Thu Aug 06 12:32:18 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को शव नेपाल ल्याइएको छ ।साउन १४ मा हिमपहिरोमा परेर मृत्यु भएका उनको शव बिहीबार साँझ कतार एयरवेजमार्फत नेपाल ल्याइएको हो ।
घटनापछि उद्धार तथा समन्वयका लागि कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा पाकिस्तान गएका थिए । उनी युक्ताको शव लिएर फर्किएका छन् । युक्ताको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा राखिने छ । शुक्रबार बिहान ९ बजे स्वयम्भूमा अन्त्येष्टि गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)