साञ्जेन जलविद्युत् ‘आइसोलेटेड मोड’मा सञ्चालनको तयारी
baahrakhari.com · Mon Aug 31 09:48:02 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनर्स्थापना गर्न यस्तो तयारी गरेको हो ।
आइसोलेटेड मोड भन्नाले सामान्यतया जुनसुकै जलविद्युत् गृहले उत्पादन गरेको बिजुली पहिले केन्द्रीय प्रणाली (राष्ट्रिय ग्रिड) मा पठाइन्छ र त्यहाँबाट देशैभरि वितरण गरिन्छ । तर, अहिले मुख्य लाइन नै भत्किएकाले प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा चलाउने तयारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)