ब्रोड पिकमा निधन भएका पुरबहादुर गुरुङको शव काठमाडौं ल्याइयो
kendrabindu.com · Thu Aug 06 12:45:01 GMT 2026

काठमाडौं। पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
पार्थिव शरीर देखेपछि परिवारका सदस्य र आफन्त भावुक बनेका थिए। विमानस्थलको वातावरण शोकमय बनेको छ। गुरुङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि परिवारको जिम्मा लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)