कास्कीमा एकैदिन २७ फरार प्रतिवादी पक्राउ
nagariknews.nagariknetwork.com · Fri May 15 15:31:44 GMT 2026

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा २० जना पुरूष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार चेक अनादर कसुरमा १२, सार्वजनिक अनादर कसुरमा पाँच, अंश मानाचामाल कसुरमा चार, बिगो लेनदनसम्बन्धी कसुरमा दुई, बैंकिङ कसुरमा दुई, सवारी ज्यान कसुर र अभद्र व्यवहारसम्बन्धी कसुरमा एक–एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)