रमेश प्रसाईंको अभिव्यक्तिपछि अमरेश सिंहको आक्रोश, प्रसाईंले मागे माफी
baahrakhari.com · Thu Aug 06 12:56:56 GMT 2026

काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूबीच भनाभन भएको छ ।
छलफलका क्रममा सांसद डा. अमरेशकुमार सिंहले प्रयोग गरेको ‘सैन्यीकरण’ शब्दलाई लिएर विवाद उत्पन्न भएको हो । बैठकमा आफ्नो धारणा राख्दै सांसद सिंहले संसदीय समितिमा सांसदहरूले राखेका विचारलाई व्यक्तिगत रूपमा खण्डन गर्ने प्रवृत्तिले समितिको गरिमा र कार्यसम्पादनमा असर पुग्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)