अनुदान आयोगकी सदस्यसचिव श्रेष्ठले लिइन् शपथ
onlinekhabar.com · Thu Aug 06 13:14:43 GMT 2026

२१ साउन, काठमाडौं । विश्वविद्यालय अनुदान आयोगकी सदस्यसचिव प्रा. डा. रोजी श्रेष्ठले शपथ लिएकी छिन् । अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसीले शिक्षा मन्त्री सस्मित पोखरेलबाट शपथ लिएपछि सचिव श्रेष्ठलाई केसीले शपथ खुवाएका हुन् ।
बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराइएको हो । शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, विश्वविद्यालय सुधार तथा संस्थागत पुनर्संरचना प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । नवनियुक्त अध्यक्ष केसीले विश्वविद्यालयको नीतिगत र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)