भोटेकोसी बाढीपीडितका लागि राहत जुटाउँदै ऋषि धमला
reportersnepal.com · Thu Aug 27 15:24:12 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोसीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राहत जुटाउन वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला सक्रिय भएका छन्। बाढीले रसुवा, नुवाकोट,गोरखा ,धादिङ र चितवन लगायतका जिल्लामा ठूलो क्षति पुर्याएपछि उद्धार तथा राहत अभियान तीव्र पारिएको हो । नेपाली सेनासहित सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखेका छन्।
धमला बिहीबार माइतीघरमा पुगेर बाढीपीडितका लागि राहत सामग्री संकलन अभियानमा जुटेका हुन्। सहयोग गर्न चाहने नागरिकहरूले माइतीघरमा ल्याएका खाद्यान्न, लत्ताकपडालगायतका सामग्री संकलन गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)