टिप्पर र मोटरसाइकल ठोक्किएर एकको मृत्यु
gorkhapatraonline.com · Mon Aug 31 09:50:21 GMT 2026

गुल्मीको धुर्कोट गाउँपालिका –५ डुकुर्तीमा टिप्पर र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ ।
तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र अर्को दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालक इस्मा गाउँपालिका –६ अमरपुरका ३२ वर्षीय धनिश्वर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)