कामदार उत्पादन गर्न कम्पनी गठन गरिँदै
onlinekhabar.com · Thu Aug 06 13:23:08 GMT 2026

२१ साउन, काठमाडौं । पूर्वाधार क्षेत्रमा आवश्यक श्रमिकहरूको अभाव भइरहेको सन्दर्भमा सरकारले समस्या समाधानका लागि विशेष पहल गर्ने भएको छ । पूर्वाधार क्षेत्रका लागि आवश्यक श्रमिक स्वदेशमै तयार गरी उनीहरूको उचित व्यवस्थापनका लागि निर्माण व्यवसायी समेतको संलग्नतामा सरकारले कम्पनी गठन गर्ने भएको हो।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे सहितको महासंघ नेतृत्वसँग बिहिबार भएको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले उक्त कम्पनीमा ७० प्रतिशत निजी क्षेत्रको तथा ३० प्रतिशत सरकारको हिस्सा रहने जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)