भरतमणि बने कमेडी च्याम्पियन
thahakhabar.com
काठमाडौं : कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन्। फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख र कार पुरस्कार पाएका छन्। यस्तै, सिक्किमका विक्की फस्ट रनर-अप बनेका छन्। प्रतियोगिताको उपविजेता बनेका उनले 'टिभिएस अपाचे' बाइक पाएका छन्। गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)