सांसद फकाउन ओली सक्रिय भएपछि राजेन्द्र लिङ्देनको चासो
ratopati.com · Thu Aug 06 13:38:43 GMT 2026

काठमाडौँ । बागमती प्रदेशमा सरकार गठनको रस्साकस्सी चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना सांसदहरूसँग छलफल गरेका छन्। बागमतीमा पार्टीको सरकार बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका सांसदहरूलाई व्यक्तिगत रूपमा भेटेर संवाद अघि बढाएपछि अध्यक्ष लिङ्देनले बिहीबार सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएर वर्तमान परिस्थिति र पार्टीको धारणाबारे स्पष्ट पारेका हुन्।
पार्टी कार्यालय धुम्बाराहीमा भएको उक्त छलफलमा अध्यक्ष लिङ्देनले अहिलेको समग्र राजनीतिक परिस्थिति, नयाँ बनेको वामपन्थी गठबन्धन र त्यसले प्रदेश सरकारहरूमा पार्न सक्ने प्रभावबारे विस्तृत विश्लेषण गरेका थिए। विशेषगरी एमाले अध्यक्ष ओलीले राप्रपाका सांसदहरूलाई ‘इन्डिभिजुअल’ रूपमा भेटेर सत्ता समीकरणमा साथ दिन आग्रह गरेको सूचना पाएपछि लिङ्देनले सांसदहरूलाई बोलाएर पार्टीको नीतिभन्दा बाहिर नजान निर्देशन दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)