विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्गबहादुर केसी र सचिव प्रा.डा. रोजी श्रेष्ठले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री सस्मित पोखरेलले अध्यक्ष केसीलाई र लगत्तै अध्यक्ष केसीले सचिव श्रेष्ठलाई शपथ गराएका हुन्।
शपथग्रहणपछि मन्त्री पोखरेलले उच्च शिक्षाको गुणस्तर सुधार्न, विश्वविद्यालयहरूको संरचनागत पुनर्संरचना गर्न र समग्र शैक्षिक सुधारका लागि उच्च प्राथमिकताका साथ काम गर्न आग्रह गर्दै मन्त्रालयको तर्फबाट आवश्यक सबै नीतिगत तथा प्रशासनिक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। नवनियुक्त पदाधिकारीहरूले पनि उच्च शिक्षालाई थप प्रभावकारी र व्यवस्थित बनाउन आफ्नो तर्फबाट तल्लीन भएर काम गर्ने अङ्गीकार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)