काठमाडौंबाट छुटेलगत्तै पक्राउ परे अभिषेक गिरी
onlinekhabar.com · Thu Aug 06 13:51:16 GMT 2026

२१ साउन, विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरी पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी रकम बुझाएर बिहीबार छुटेका थिए । लगत्तै मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
आपराधिक लाभको आरोपमा काठमाडौंमा पक्राउ गरेर विराटनगर ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार माेरङमा अपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढ्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)