फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया, विपन्न बिरामीलाई सम्पूर्ण उपचार निःशुल्क
swasthyakhabar.com · Thu Aug 06 14:01:00 GMT 2026

काठमाडौं- फ्रन्टलाइन हस्पिटलले आधुनिक मुटु उपचार सेवातर्फ महत्वपूर्ण उपलब्धि हासिल गर्दै पहिलोपटक मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी (मिक्स) प्रविधिबाट ओपन हार्ट शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त शल्यक्रियामार्फत एट्रियल सेप्टल डिफेक्ट (एएसडी) अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार झापा निवासी २२ वर्षीय ब्रम्हदेव ज्वाला सिंहमा उक्त शल्यक्रिया सफलतापूर्वक गरिएको हो। बिरामीको आर्थिक अवस्था कमजोर रहेको मूल्याङ्कनपछि अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, सघन उपचार कक्ष (आईसीयू) सेवा, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा शतप्रतिशत निःशुल्क उपलब्ध गराएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)