ग्यास वितरणमा भेदभाव : पहुँचवालालाई पुर्याउने, निमुखालाई कुराउने
onlinekhabar.com · Thu Aug 06 14:00:28 GMT 2026

२१ साउन, पोखरा । पोखरा महानगरपालिका–५ मालेपाटन नजिकै बुलौंदी खोला छेउमा ट्रकबाट धमाधम ढुवानी भ्यानमा खाना पकाउने ग्यास सारिँदै थियो । बजारमा ग्यास नपाएका स्थानीयले त्यो दृश्य देखे । केहीबेरमै स्थानीयहरू त्यहाँ जम्मा भए । र, ग्यास आफूले पनि पाउनुपर्ने भन्दै घेराउ गरे ।
ट्रक चालकसँग स्थानीयले ग्यास कहाँ पठाइँदैछ भनेर सोधीखोजी गरेपछि बिक्रेतालाई दिइएको बताए । तर, स्थानीयले खाली सिलिन्डर बोकेर आएर आफूले पाउनुपर्ने, नत्र अवरोध गर्ने चेतावनी दिएपछि चालकले ग्यास साटिदिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)