काठमाडौंको मुद्दा मिलापत्र गरेर छुटेका अभिषेक गिरी फेरि सीआईबीको नियन्त्रणमा
ratopati.com · Thu Aug 06 14:10:51 GMT 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दा मिलापत्र गरेर छुटेका अभिषेक गिरीलाई प्रहरीले फेरि पक्राउ गरेको छ । कांग्रेस नेता अभिषेक गिरीले काठमाडौंमा विचाराधीन मुद्दाका जाहेरवाला श्रेष्ठ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक सुभाष श्रेष्ठसँग मिलापत्र गरेका हुन् ।
मिलापत्र गरेर कारागारबाट रिहा भएका गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फेरि पक्राउ गरेको छ । गिरीलाई पुनः पक्राउ गरेर मोरङ पठाइएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले रातोपाटीलाई बताए । उनले भने, ‘हामीले पक्राउ गरेर मोरङ पठाएका छौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)