बाढी प्रभावितका लागि नाइमाको ५० लाख सहयोग
lokaantar.com

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नाइमाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि नाइमाले गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)