भोटेकाशी बाढीः धनगढी उपमहानगरद्वारा ४१ लाख सहयोग
barnanmedia.com · Mon Aug 31 09:55:42 GMT 2026

कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु ४१ लाख ११ हजार १११ आर्थिक सहयोग उपलब्ध गराएको छ । उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टले बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन गोरखालगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएकाले सहयोग स्वरुप राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)