विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसीले लिए शपथ
nepalnews.com · Thu Aug 06 14:37:07 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक खड्गबहादुर केसीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा पोखरेलले अध्यक्ष केसीलाई शपथ गराएका हुन्। त्यसपछि मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव रोजी श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)