‘इतर कांग्रेस’ लाई प्रश्न- २९ गते पार्टी फुटाउने कि बचेखुचेको ‘इज्जत’ लुटाउने ?
nepalpress.com · Thu Aug 06 14:33:12 GMT 2026

पङ्क्तिकारको पत्रकारिता जीवनमै देखिएको घटना हो, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले मृत्यु पर्खिने समयमा कांग्रेस छोड्नुपरेको थियो । पञ्चायतका पोष्य पात्र लोकेन्द्रबहादुर चन्दलाई बुईमा बोकेर प्रधानमन्त्री बनाउने त्यही कांग्रेसले गणेशमान र किसुनजीजस्ता क्रान्तिपुत्रलाई आफूसँग जोगाउन सकेन । त्यो सिलसिला २०५९ सम्म देखियो । पञ्चायतका अर्का खेलाडी सूर्यबहादुर थापासँग गिरिजाबाबुको घाँटी नै जोडिएजस्तो हुँदा शेरबहादुर देउवा पार्टीभित्र ‘स्पेश लेस’ बनाइनुभयो र पार्टी विभाजनको बाध्यकारी बाटो रोज्नुभयो ।
फेरि इतिहासको दुःखद् पुनरावृत्ति हुँदै छ । पार्टीका निर्वाचित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरियो । विशेष महाधिवेशन भयो । पार्टीका निर्वाचित सभापति शेरबहादुर देउवाको अनुपस्थित र असहमतिकै बीच उहाँलाई जबरजस्त बहिर्गमित गरियो । र, पङ्क्तिकारको पत्रकारिता जीवनले फेरि साउन २९ गते ‘नयाँ पार्टी घोषणा हुने’ भन्ने गरिएको कांग्रेस भेला देख्नुपर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)