ब्रोड पिकमा ज्यान गुमाएका पुरबहादुर गुरुङको शव स्वदेश ल्याइयो
nepallive.com · Thu Aug 06 14:49:15 GMT 2026

काठमाडौं– पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को पार्थिव शरीर स्वदेश ल्याइएको छ।
साउन १४ गते भएको दुर्घटनामा निधन भएका गुरुङको शव बिहीबार साँझ कतार एअरवेजको उडानमार्फत काठमाडौं ल्याइएको हो। दुर्घटनापछि उद्धार, समन्वय तथा कानुनी प्रक्रिया पूरा गर्न पाकिस्तान पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जाका व्यावसायिक साझेदार एवं प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा शव लिएर नेपाल फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)