करदाता प्रोत्साहन उपहार कार्यक्रम भाेलिदेखि, एक जनाले १० लाख रुपैयाँ जित्ने
nepalpress.com · Thu Aug 06 14:58:37 GMT 2026

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ।
सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत गरेका थिए। विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार विभागले पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)