विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ
baahrakhari.com · Thu Aug 06 14:57:40 GMT 2026

काठमाडौं । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा संखुवासभाको खाँदबारी नगरपालिका–३ बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
उक्त कसुरमा संलग्न रहेका निजलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका–१ बाट पक्राउ गरेको हो । निजउपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)