धिताेपत्र बाेर्डद्वारा१११ पेजकाे श्वेतपत्र जारी, प्राथमिक बजारलाइ दिर्घकालीन सुधार ल्याउने याेजना
barnanmedia.com · Thu Aug 06 15:43:41 GMT 2026

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, पारदर्शी र प्रविधिमैत्री बनाउने दीर्घकालीन लक्ष्यसहित "नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३" सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअन्तर्गत सार्वजनिक गरिएको यो श्वेतपत्रलाई नेपालको प्राथमिक पूँजी बजार सुधारको पहिलो समग्र दीर्घकालीन मार्गचित्रका रूपमा हेरिएको छ।
विगत केही वर्षयता आईपीओमा अत्यधिक आकर्षण बढे पनि निष्काशन प्रक्रिया, मूल्य निर्धारण, नियामकीय उत्तरदायित्व, प्रविधि, संस्थागत क्षमता तथा लगानीकर्ता संरक्षणका विषयमा उठ्दै आएका प्रश्नहरूलाई सम्बोधन गर्ने उद्देश्यले बोर्डले यो श्वेतपत्र ल्याएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)