जलवायु विपद्को क्षतिपूर्ति विकसित मुलुकसँग माग्नुपर्छ : ओली
baahrakhari.com · Mon Aug 31 10:06:54 GMT 2026

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विकासशील मुलुकमा पर्ने क्षतिको भरपाई विकसित मुलुकबाट गर्नुपर्ने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । जलवायुजन्य विपद् तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)