शुक्रबार देशका यी स्थानमा हुनेछ वर्षा
annapurnapost.com · Thu Aug 06 16:00:35 GMT 2026

काठमाडौं : शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
शुक्रबार राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)