नयाँ राहदानी प्रणालीमा चुनौतीका चाङ, सेवाग्राहीले कहिलेसम्म भोग्नुपर्ने हो यो सास्ती ?
techpana.com · Thu Aug 06 15:49:39 GMT 2026

काठमाडौं । नेपालमा नयाँ प्रणालीमार्फत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइ तथा वितरणको काम सुरु भएसँगै राहदानी विभागले विभिन्न समस्या सामना गरिरहेको छ । जर्मन कम्पनी म्युहलबउर र भेरिडोस जीएमको प्राविधिक व्यवस्थापनमा २९ असारदेखि नेपालमा नयाँ प्रणाली मार्फत आधिकारिक रूपमा राहदानी छपाइ थालिएको थियो ।
परराष्ट्र मन्त्री शिशिर खनालले दुई जना नाबालकको राहदानी छापेर यो नयाँ प्रणालीको उद्घाटन गरेका थिए । नयाँ व्यवस्था लागु गर्नुअघि विभागले नेपालको इतिहासकै सबैभन्दा ठुलोमध्येको एक डेटा माइग्रेसन काम पुरा गरेको थियो । यसक्रममा पहिले फ्रेन्च कम्पनी आइडिमियासँग भएको एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको थियो । तर, सुरुवाती चरणमै देखिएका प्राविधिक त्रुटि, कानुनी झमेला, भुक्तानी रोक्का र बजारको अत्याधिक मागका कारण यो प्रणाली अहिले निकै चुनौतीपूर्ण मोडबाट गुज्रिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)