युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
barnanmedia.com · Thu Aug 06 15:56:40 GMT 2026

युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौं किलोमिटर टाढा रहेका रूसका दुई वटा तेल प्रशोधन केन्द्रलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बताउनुभएको छ ।
प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ । पछिल्लो समयमा दुवै पक्षले लामो दूरीका आक्रमण तीव्र पारेका छन्, जसका कारण सर्वसाधारणको मृत्यु हुने क्रम बढेको छ । किएभले रूसमाथि कीर्तिमानी सङ्ख्यामा ड्रोन प्रहार गरिरहेको छ भने मस्कोले पनि अहिले सम्मकै उच्च सङ्ख्यामा क्षेप्यास्त्र तथा मिसाइल आक्रमण गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)