रुकुम पश्चिममा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
onlinekhabar.com · Thu Aug 06 16:24:00 GMT 2026

२१ साउन, काठमाडौं । रुकुम पश्चिममा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
रुकुम पश्चिम प्रहरीका अनुसार घटना अहिले साँझ पौने ६ बजेतिरको हो । जिल्ला कारागारबाट कैदीलाई लिएर गएको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका–८ तावलेमा एकआपसमा ठोक्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)