सरकारको नियतमा शंका छ, देशलाई सैन्यकरणको दिशातिर धकेल्न खोजिँदैछ : अमरेश कुमार सिंह
lokaantar.com

रास्वपाका सांसद् डा. अमरेश कुमार सिंहले सरकारको कार्यशैली र नियतमाथि प्रश्न उठाएका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले बालेन शाह नेतृत्वको वर्तमान सरकारले देशलाई गम्भीर दुर्घटना र सैन्यकरणको दिशातिर धकेल्न खोजेको आरोप लगाए ।
सिंहले सरकारको नियतमा खोट रहेको दाबी गर्दै भने, 'यो सरकार आएदेखि समावेशिता र संविधानको धज्जी उडेको छ । सरकारले देशलाई गम्भीर दुर्घटनातिर लैजाँदै छ ।' उनले नेपाललाई पहिले पाकिस्तान बनाउन खोजिएको भन्दै अहिले 'उत्तर कोरिया' बनाउने प्रयास भइरहेको दाबी गरे । सरकारले गर्ने नियुक्तिहरू मेरिटोक्रेसीको नाममा नातावाद र निश्चित समूहको हितमा मात्र केन्द्रित रहेको समेत उनले दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)