एक वर्षमा ३२ हजार जनाले सिसमहलको अवलोकन गरे
ratopati.com · Thu Aug 06 16:36:51 GMT 2026

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाममा रहेको सिसमहललगायत दर्शनीयस्थलको अघिल्लो आर्थिक वर्षमा ३२ हजार ५०० जनाले टिकट काटेर अवलोकन गरेका छन् ।
धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि धाम परिसरभित्र निर्माण गरिएका आकर्षक पार्कसहित, सिसमहल, हेटौँडा नगरको इतिहास झल्काउने संरचना, स्वचालित बुद्ध मूर्तिसँगै वृत्तचित्र आदि सःशुल्क हेर्ने व्यवस्था मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)