नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक
lokaantar.com

नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताएका छन् । पोखरामा आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले इजरायल र नेपाल सरकारबीच थप श्रम समझदारीका विषयमा छलफल भइरहेको बताए ।
राजदूत बासले ‘केयर गिभिङ’, कृषिलगायतका क्षेत्रमा नेपालीलाई थप रोजगारीका अवसर उपलब्ध गराउन पहल भइरहेको बताए । ‘केयर गिभर’का रूपमा नेपाली श्रमिकले इजरायलमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो । राजदूत बासले श्रम, रोजगारीसँगै कृषि, पर्यटन, सूचना–प्रविधिलगायत क्षेत्रमा दुई देशबीचको सहकार्यमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)