सेनामा भर्ती गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
reportersnepal.com · Thu Aug 06 16:42:11 GMT 2026

सुदूरपश्चिम । नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता कानपुरका ३५ वर्षीय हरिश चन्द्रलाई पक्राउ गरिएको हो । निजले नेपाली सेनामा भर्ती गराइदिने भन्दै एक व्यक्तिबाट रु दुई लाख ४० हजार ठगी गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)