विद्युत् महसुल निर्धारणका लागि नयाँ निर्देशिका जारी
ratopati.com · Thu Aug 06 16:57:35 GMT 2026

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युत् उपभोक्ता महसुल निर्धारण प्रक्रियालाई पूर्णतः लागतमा आधारित र पारदर्शी बनाउने गरी नयाँ निर्देशिका जारी गरेको छ। विद्युत् नियमन आयोग ऐन, २०७४ को अधिकार प्रयोग गर्दै आयोगले लागतमा आधारित, उपभोक्ता–मैत्री, सर्वसुलभ र पारदर्शी महसुल दर निर्धारण गर्ने उद्देश्यका साथ नयाँ निर्देशिका जारी गरेको हो ।
नयाँ निर्देशिकासँगै विद्युत् उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६ खारेज भएको छ । यद्यपि, पुरानो निर्देशिकाअनुसार भएका काम कारबाही भने नयाँ निर्देशिकाअनुसार भएको मानिने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)