डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
ratopati.com · Thu Aug 06 17:01:00 GMT 2026

गण्डकी । साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको छ । डेङ्गी सङ्क्रमण तीव्र भएपछि बिहीबारदेखि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको हो ।
डेङ्गी फैलाउने लामखुट्टेको वासस्थान नष्ट गरी जीवनचक्र खलबल्याउन उक्त अभियान सुरु गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए । “टोल र समुदायस्तरमा डेङ्गीको सङ्क्रमण नियन्त्रणका लागि सचेतना जगाउन अभियान सुरु गरिएका हो”, उनले भने, “डेङ्गी नियन्त्रण तथा रोकथामका लागि हरेक व्यक्ति र परिवार जिम्मेवार हुनुपर्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)