जापान र स्वीडेन बराबरी खेल्दै विश्वकपको नकआउट चरणमा
nepalviews.com · Fri Jun 26 02:01:26 GMT 2026
काठमाडौं । जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्। अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको समूह चरणको अन्तिम खेलमा १–१ को बराबरी खेल्दै दुवै टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५६ औँ मिनेटमा दाइजेन माएदाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, जापानको त्यो अग्रता लामो समय टिक्न सकेन। खेलको ६२ औँ मिनेटमा स्वीडेनका एन्थोनी एलान्गाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)