यमबुद्ध स्केटपार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता हुने
onlinekhabar.com · Mon Jun 08 11:01:35 GMT 2026
२५ जेठ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता जेठ ३० र ३१ गते काठमाडौंको हाँडिगाउँस्थित यमबुद्ध स्केटपार्कमा हुने भएको छ ।
संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा देशभरबाट छनोट भएका करिब ४ सय खेलाडीको सहभागिता रहने जानकारी दिएको छ । प्रतियोगितामा २५० पुरुष र १५० महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)