युवा उद्यमी तयार पार्न स्टार्टअप अभियान सुरु
ratopati.com · Thu Aug 06 17:43:08 GMT 2026

काठमाडौँ । नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सृजनाको संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ ।
‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ भन्ने मूल नाराका साथ त्रिभुवन विश्वविद्यालयमा विशेष कार्यक्रमका साथ अभियानको शुभारम्भ गरिएको हो । आयोजकका अनुसार विकसित मुलुकमा आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र स्टार्टअप भएकाले नेपालमा पनि त्यसैअनुरूप उद्यमशील संस्कृतिको विकास गर्ने लक्ष्यसहित अभियान सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)