फिफा र एएफसीले छलफल गर्नै नमानेपछि एन्फाको निलम्बन फुकुवा
ukeraa.com
काठमाडौं : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बित रहेकै अवस्थामा संवाद गर्न अस्वीकार गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रवार निलम्बन फुकुवा गरेको छ।
निर्देशन विपरीत एन्फा पदाधिकारीले 'अर्ली इलेक्सन' गर्ने तयारी गरेपछि राखेपले चैत ११ गतेदेखि निलम्बन गरेको थियो। निलम्बनबारे फिफा र एएफसीसँग छलफल गर्ने तयारी गरे पनि उसले एन्फा निलम्बनै रहेको अवस्थामा संवाद हुन नसक्ने बताएपछि शुक्रवार निलम्बन फिर्ताको निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)