निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान
canadanepal.com · Fri May 15 16:10:20 GMT 2026
काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा चयन भएकी छन् । अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले निरुतालाई कप्तानमा नियुक्त गरेको हो ।
संघको शुक्रबार बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ठगुन्नालाई राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारी दिने निर्णय गरेको हो ।निरुताको नेतृत्वमा अब नेपाली महिला टोलीले आगामी साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)