यातायात व्यवस्था कार्यालयको अनलाइन प्रणाली अवरुद्ध हुँदा सेवाग्राही मारमा, तत्काल सुधारको माग
barnanmedia.com · Thu Aug 06 21:58:46 GMT 2026

काठमाडौं । यातायात व्यवस्था कार्यालयको अनलाइन फारम प्रणाली लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा हजारौं सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स), अनुमतिपत्र नवीकरण तथा अन्य सेवाका लागि अनलाइन आवेदन दिन खोज्ने नागरिकले पटक–पटक प्रयास गर्दा पनि वेबसाइट नखुल्ने, प्रक्रिया बीचमै रोकिने वा आवेदन पूरा गर्न नसकिने समस्या भोगिरहेको गुनासो गरेका छन्।
सरकारले सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी र सहज बनाउने उद्देश्यले अधिकांश प्रक्रिया अनलाइनमार्फत सञ्चालन गर्दै आएको छ। तर, नागरिकले प्रयोग गर्नुपर्ने मुख्य प्रणाली नै लामो समयसम्म प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा डिजिटल सेवामाथिको विश्वास कमजोर बन्दै गएको सेवाग्राहीहरूको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)