भारतमा मुख्यधारका सञ्चारमाध्यम प्रति अविश्वास बढ्दो
barnanmedia.com · Thu Aug 06 22:28:41 GMT 2026

भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मुख्यधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ । प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ्दो दूरीलाई पनि उजागर गरेको छ।
‘कक्रोच जनता पार्टी’ आन्दोलनको नेतृत्वमा देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई ‘भारतको सबैभन्दा खराब शत्रु’ भन्दै विरोध जनाएका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मुख्यधारका सञ्चारमाध्यमलाई ‘ल्यापडग मिडिया’ को संज्ञा दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)