भूमि प्रशासन कार्यालय तुलसीपुरबाट ५९ करोड ३४ लाख राजस्व सङ्कलन
barnanmedia.com · Thu Aug 06 23:50:10 GMT 2026

भूमि प्रशासन कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ५९ करोड ३४ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु ३७ करोड सात लाख २४ हजार र पुँजीगत लाभकरबाट रु २२ करोड २६ लाख ९१ हजार सङ्कलन भएको कार्यालय प्रमुख शान्तराज गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त कार्यालयले आव २०८१/८२ मा रजिस्ट्रेसन तथा सेवा दस्तुरबाट रु २५ करोड ६९ लाख ६१ हजार र पुँजीगत लाभकरबाट रु १० करोड ४४ लाख ८२ हजार राजस्व सङ्कलन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)