यमनमा हुथीको आक्रमणबाट कम्तीमा ३८ सैनिकको मृत्यु
barnanmedia.com · Fri Aug 07 00:11:27 GMT 2026

यमनमा बिहीबार हुथीले मिसाइल र ड्रोनले आक्रमण गर्दा कम्तीमा ३८ सरकारी सैनिक मारिएका छन् भने २९ जना घाइते भएका छन्। यो जानकारी दुई फरक-फरक चिकित्सा स्रोतले एएफपीलाई दिएका हुन्।
यसलाई दुई पक्षबिच वर्षौंमा सबैभन्दा घातक दिनमध्ये एक मानिएको छ। एक सैन्य अधिकारीले एएफपीसँग भनेका छन्, “मध्य यमनको मरिब प्रान्तको अल-रुवाइक क्षेत्रमा रहेको सैन्य शिविरमा आक्रमण भएको छ भने साउदी अरबसँगको सीमानजिक हद्रमाउतको अल-अब्र र अल-वदियाह क्षेत्रका शिविरहरूमा पनि आक्रमण भएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)